+
+

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:५५

४ वैशाख, काठमाडौं । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहलाई जिम्मेवारीबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारांगा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।

सत्ता गठबन्धन परिवर्तनसँगै मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ७ दिने स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएपछि उनीहरुले आफूहरुलाई हटाउने उद्देश्यले स्पष्टिकरण साेधिएकाे भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले दुवैजनाको ४ वर्षको पदावधि समाप्त नहुँदासम्म पदबाट हटाउने कुनै पनि काम कारबाही नगर्नका लागि सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?