+
+

नेपालको जितले हङकङ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १६:२०
नेपाल र साउदी अरबबीचको खेल ।

५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरबलाई ६ विकेटले हराएसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ ।

नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समूह ए बाट शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

हङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्यो । यदि साउदी अरब विजयी भएको भए नेट रन रेटमा रहेर सेमिफाइनल खेल्ने समीकरण तय हुने थियो ।

नेपाल पराजित हुँदा हङकङ बाहिरिने निश्चित थियो । कतारको ४ अंक भए पनि नेट रन रेटमा हङकङमाथि रहँदै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

हङकङको नेट रन रेट माइनस ०.१२८ र कतारको माइनस ०.४५३ छ ।

नेपालले शुक्रबार समूह बी को उपविजेता र हङकङले समूह बी को विजेतासँग खेल्नेछन् । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

ओमानले अन्तिम खेल आज कुवेतसँग खेल्दैछ । कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

यूएई ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । यूएईले आज अन्तिम खेल कम्बोडियासँग खेल्दैछ ।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना उच्च छ । प्रतियोगिताको विजेताले टी २० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?