+
+

ब्याज आम्दानी बढ्दा इन्भेस्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:४६

७ वैशाख, काठमाडौं । ब्याज आम्दानीमा भएको वृद्धिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा पनि बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ७ प्रतिशत बढेको हो ।

बैंकले साउनदेखि चैत मसान्तसम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ३ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड थियो ।

खुद नाफा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । यहीं अवधिमा गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ २० पैसा रहेकोमा अहिले १२ रुपैयाँ ८० पैसामा झरेको छ ।

बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब ८ करोड ऋणात्मक छ । आर्जन भइसकेको ठूलो नाफा पनि उठ्न नसक्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । बैंकले लोन लस प्रोभिजनवापत (इम्पेरिमेन्ट चार्ज) ३ अर्ब ४ करोड रुपैयाँ छुट्याएको छ । पहिले यस्तो रकम ७० करोड १९ लाख रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५७ पैसा छ । त्यस्तै निष्क्रिय कर्जा (ग्रस) ४.६६ प्रतिशत छ । गत वर्ष यसै अवधिमा यस्तो कर्जा ३.९४ प्रतिशत थियो । सीडी रेसियो ७९.७४ प्रतिशत छ । आधार दर ८.३२ र स्प्रेड दर ४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?