+
+

यी हुन् ‘भ्वाइस किड्स’ सिजन ३ का चार जज, मिलन नेवार पनि जोडिइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १२:१३

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचको रुपमा गायिका मिलन नेवारले पनि निरन्तरता पाउने भएकी छन् । योसँगै चारैजना जजको समीकरण पूरा भएको छ ।

यो सिजनमा अघिल्लोपटक पनि जज रहेका प्रमोद खरेल र नेवारले निरन्तरता पाएका छन् । नयाँ जजको रुपमा पपगायक छेवाङ लामा र मेलिना राई अनुबन्धित भएका छन् ।

निर्देशक लक्ष्मण पौड्यालले अडिसनबाट ४८ जना छनोट हुने बताए । ब्लाइन्ड अडिसनको छायांकन चाँडै सुरु हुने उनले जानकारी दिए । उनका अनुसार डिजिटल अडिसनमा ८-१० हजार जनाले भाग लिएका थिए ।

सिजन ३ को टेलिभिजन प्रसारण चाहिँ डेढ महिना जतिमा सुरु हुने जनाइएको छ । यो रियालिटी शो हिमालय टिभीबाट प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?