
अँध्यारो छ चारैतिर
कतै उज्यालो भेटिए हुन्थ्यो
माया छ मनभरि
कतै फूलहरु मुस्कुराए हुन्थ्यो
गीतकार किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’का शब्द हुन् यी । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् ।
गीतले निराश जीवनमा आशाको अपेक्षा गरिएको भाव प्रस्तुत गर्छ । ‘संगीत भकारी’ युट्युब च्यानलमा गीतको लिरिकल भिडियो रिलिज गरिएको छ ।
गीत, गजल र कविता लेखनमा सक्रिय विश्वकर्मा अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले लामो समय पत्रकारिता समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4