+
+

ऊर्जा डेभलपर्स र केयू बने ग्रिन हाइड्रोजन विकासका साझेदार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १३:०९

१३ वैशाख, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रिन हाइड्रोजन व्यावसायिक परियोजना अगाडि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच महत्वपूर्ण सम्झौता भएको हो ।

कन्सियस इनर्जी एक अनुसन्धान–उन्मुख परामर्श सेवा प्रदायकको रूपमा २०८० सालमा स्थापित भएको थियो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्छ ।

यस कम्पनीले काठमाडौं विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल कार्यक्रम मार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो । हाल हरित ऊर्जा क्षेत्रमा सक्रिय छ ।

केयूको ग्रिन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्ने भएको छ ।

ऊर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान दिने समझदारीमा उल्लेख छ । ऊर्जा डेभलपर्सले सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ । यसलाई व्यावसायिक परियोजनाहरूमा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?