+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पूर्वकर्मचारीसँग देउवाले भने : आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १४:४०

१४ वैशाख, काठमाडौंं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौं साधारण सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए । देउवाले भने, ‘हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ । अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस् ।’

देउवाले सरकार परिवर्तन भइरहे पनि कर्मचारीतन्त्र स्थायी हुने बताए । ‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई छ,’ उनले भने, ‘सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।’

सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?