
काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट सिरिजमा डिसहोम फाइबरनेट प्रायोजक बनेको छ । डिसहोम फाइबरनेट इन्टरनेट पार्टनरको रूपमा जोडिएको हो ।
खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्मबाट हुने डिसहोमले जनाएको छ ।
नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुनेछ ।
नेपाल र वेस्टइन्डिज दुवै टिम आउँदो टी २० क्रिकेट विश्वकप खेल्न भएकोले पनि यो सिरिज महत्वपूर्ण रहेको छ ।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिबार, दोस्रो खेल १६ वैशाख आइतबार, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ । सबै खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4