+
+

डेटा हबलाई यस वर्षको आईसीटी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १२:५४

२१ वैशाख, काठमाडौं । यस वर्षको राष्ट्रिय आईसीटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आईसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा निजीतर्फ डेटा हबलाई सम्मान गरेको हो ।

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो ।

निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवलमा ‘डिजास्टर रिकभरी साइट’ पनि छ ।

एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले गुगल, फेसबुक, अकामाई जस्ता विश्व प्रसिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सेल्फ सर्भिस पोर्टल यती क्लाउड पनि सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?