+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘शैतान’देखि ‘हीरामण्डी’सम्म : यो सप्ताहन्त ओटीटीमा के हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १७:४५

काठमाडौं । यो साता ओटीटी प्लाटफर्ममा केही रोचक र फिल्म सिरिज आउँदैछन् । सञ्जयलीला भन्सालीको ओटीटी डेब्यु ‘हीरामण्डी’ मे १ मा नेटफ्लिक्समा आइसकेको छ ।

यो सप्ताहन्त सुपरन्याचुरल–थ्रिलर ‘शैतान’देखि सर्भाइभल–थ्रिलर ‘मञ्जुमेल ब्वाइज’सम्म सूचीमा छन् ।

अजय देवगण, ज्योतिका र आर माधवन स्टारर बलिउड फिल्म ‘शैतान’ केही महिनाअघि हलमा आइसकेको छ । नेपालमा समेत यसले उत्कृष्ट कमाइ गर्‍यो । हलमा हेर्न नपाएका दर्शकलाई ओटीटीमा हेर्ने सुविधा छ । विकास बहल निर्देशित ‘शैतान’ शनिबार नेटफ्लिक्समा आउँदैछ ।

‘मजुम्मेल ब्वाइज’ मलायमल सर्भाइभल–थ्रिलर फिल्म हो, जसलाई चिदम्बरमले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौबिन शाहीर, श्रीनाथ भासी, बालु वर्गीस, गणपति एस पोडुवल लगायतको अभिनय छ । सन् २००६ को एक सत्य घटनामा आधारित फिल्मले कोची नजिकैको मन्जुम्मेल भन्ने सानो सहरका साथीको समूहको कथा भन्छ, जसले कोडैकनालमा छुट्टी मनाउने निर्णय गर्छन् ।

सञ्जयलीला भन्साली निर्देशित सिरिज ‘हीरामण्डी’ नेटफ्लिक्समा आइसकेको छ । कुल आठ एपिसोडको यो सिरिजले भारत–पाक स्वतन्त्रताअघिको लाहोरको एक थलो हीरामण्डीको कथा भन्छ । उक्त थलोका शाही यौनकर्मीको रवाफ र शक्तिको वरपर घुम्ने यो सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा लगायतको प्रमुख भूमिका छ ।

‘द ब्रोकन न्युज सिजन २’ श्रृंखलालाई विनय वाइकुलले निर्देशन गरेका हुन् भने सम्बित मिश्राले लेखेका हुन् । यो सिरिज रिपोर्टिङको दुनियाँमा आधारित छ । नयाँ सिजनमा सोनाली बेन्द्रे, जयदीप अहलावत र श्रिया पिलगाउँकर क्रमशः अमीना कुरैशी, दीपंकर सान्याल र राधा भार्गवको भूमिकामा देखिनेछन् । यो सिरिज जी फाइभमा शुक्रबारदेखि स्ट्रिमिङ हुँदैछ ।

‘द आइडिया अफ यू’ रोमान्टिक कमेडी फिल्ममा  एनी ह्याथवेलाई ४० वर्षीया डिभोर्सी आमाको भूमिकामा प्रस्तुत गरिएको छ । कोचेला समारोहमा एक किशोर पपस्टारलाई भेटेपछि सुरु हुने सनसनीपूर्ण सम्बन्धको कथा यसमा छ ।

यो फिल्म रोबिन लीको सोही नामको उपन्यासमा आधारित छ । यसलाई ह्यारी स्टाइल्सको फ्यान फिक्सन कथाबाट प्रेरित रहेको बताइएको छ । यो फिल्म बिहीबार प्राइम भिडियोमा रिलिज भइसकेको छ ।

‘अ अटिपिकल फ्यामिली’ १२ एपिसोडको वेब सिरिज हो । यो सिरिज शनिबार नेटफ्लिक्समा रिलिज हुँदैछ । यसमा जाङ की योङ, चुन वु हे, गो डू शिम र क्लाउडिया किमले अभिनय गरेका छन् ।

नेटफ्लिक्समा यसको सारांशबारे लेखिएको छ– ‘अद्वितीय महाशक्ति प्राप्त गरेको एउटा परिवारले आधुनिक दिनका समस्याको कारण आफ्नो क्षमता गुमाउँछ जबसम्म एक रहस्यमयी महिलाले सबथोक परिवर्तन गर्दिनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?