+
+

दुहवीमा झन्डै ३३ करोड लगानीमा बहुउद्देश्यीय भवन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:०२

२१ वैशाख, काठमाडौं । सुनसरीको दुहवी नगरपालिकाले करिब ३३ करोड लागतमा बहुउद्देश्यीय भवन बनाउने भएको छ ।

भवन निर्माणका लागि ऋण लिन नगर विकास कोषसँग नगरपालिकाले सम्झौता गरेको छ । ३२ करोड ८४ लाख २९ हजार रुपैयाँ लागतमा वडा नम्बर-६ मा सो भवन बन्ने नगरपालिकाले जनाएको छ ।

सम्झौतापत्रमा नगर विकास कोषका कार्यकारी कृष्णप्रसाद सापकोटा र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कुल लागतको ५० प्रतिशत (१६ करोड ४२ लाख १४ हजार रुपैयाँ) ऋण र १० प्रतिशत (३ करोड २८ लाख रुपैयाँ) अनुदान रकम हुनेछ । कुल लागतको ४० प्रतिशत (१३ करोड १३ लाख रुपैयाँ) भने नगरपालिकाले लगानी गर्ने पर्ने सम्झौतामा उल्लेख छ ।

नगर प्रमुख गच्छदारका अनुसार व्यवस्थित र आधुनिक सहरी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण हुन लागेको हो ।  आयोजनालाई नगरपालिकाको गौरवको आयोजनाको रूपमा हेरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?