+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुरु पद्मसंभवको कथामा नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १०:२५

२३ वैशाख, काठमाडौं । निर्देशक जेडी तमुको निर्देशनमा गुरु पद्मसंभवको जीवनकथालाई नाटकमार्फत् मञ्चन गरिने भएको छ। सोमबार दिउँसो १२ बजे बौद्धस्थित रामनगर पार्टी प्यालेसमा नाटक ‘गुरु पद्मसंभव’ मञ्चन गरिने भएको हो ।

जेडीले यसअघि नाटक ‘ब्यूँझिएको सिरानी’ निर्देशन गरेका थिए। निर्देशक जेडीका अनुसार नाटक स्टेज मञ्चन र स्याडो पपेट्रीमार्फत् मञ्चन गरिनेछ ।

‘वज्रयान बौद्ध परम्पराका संस्थापक गुरु पद्मसंभवले देखाउनु भएको मार्गदर्शनलाई हामीले नाटकमार्फत् देखाउने प्रयास गर्दैछौँ। जसलाई हामीले आस्थाको केन्द्र मानेर आयौँ, उहाँकै जीवनीलाई नाटकमा उतार्न पाउनु खुसीको कुरा हो,’ जेडी भन्छन्।

नाटकलाई कर्म वाङ्चुक शेर्पाले लेखेका छन्। नाटकका निर्माता खेन्पो पेम छिरी शेर्पाका अनुसार पद्मसंभवले फैलाएको ज्ञानलाई अहिले पनि नेपालको हिमाली भेगहरूमा अध्ययन भइरहेको छ।

‘तर कतै कतै भाषाको समस्याले यसको सार बुझ्न सकिएको छैन। नेपाली भाषामा नाटक मञ्चन गरेर उहाँलाई चिनाउने प्रयास गरेका छौँ,’ शेर्पा भन्छन्।

नाटकमा अनिल सुब्बा, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, सौजन सेनेहाङ, संजिप योगी, शायोक मुकारुङ राई र जयराम ढकाल लगायतका कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?