
२४ वैशाख, काठमाडौं । सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५९ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २ करोड २९ लाख रुपैयाँ छ, जबकि गत आवको यसै अवधिमा ५ करोड ६३ लाख थियो ।
खुद ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित भएको देखिन्छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ३७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, पहिले यसै अवधिमा यस्तो आम्दानी ४३ करोड ९६ लाख रुपैयाँ थियो ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसामा झरेको छ । गत आवको यस अवधिमा ९ रुपैयाँ ४९ पैसा थियो । निष्क्रिय कर्जामा सामान्य सुधार देखिएको छ । पहिले कुल कर्जामा यस्तो कर्जाको अंश ७.६६ प्रतिशत रहेकोमा अहिले ६.२० प्रतिशतमा झरेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३५ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा रहेको यसको आधार दर १४.७० प्रतिशत छ ।
प्रतिक्रिया 4