+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

९० प्रतिशत राजस्व छुटमा डढेलो पीडितले काठ पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:१२
फाइल तस्वीर

२५ वैशाख, काठमाडौं । देशभर डढेलो पीडित नागरिकले ९० प्रतिशत राजस्व छुटमा काठ तथा दाउरा उपयोग गर्न पाउने भएका छन् । वन तगा वातावरण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयकाअनुसार वन नियमावलीमा भएको प्रावधान अनुसार जिल्ला वन पैदावार आपूर्ति समितिलाई ९० प्रतिशत राजस्व मिनाहा गरी काठ तथा दाउरा उपलब्ध गराउन प्रदेश स्थित वातावरण मन्त्रालयमार्फत डिभिजन वन अधिकृतहरूलाई निर्देशन दिने निर्णय भएको छ ।

समुदायमा आधारित वन व्यवस्थापन गर्ने समूहहरूलाई समेत सरकारले आगलागीबाट पीडित नागरिक/समुदायलाई समूहको कार्ययोजना बमोजिम काठ दाउरा तथा राहत उपलब्ध गराउन अनुरोध गरेको छ । यसको स्पष्ट अभिलेख राखी डिभिजन वन कार्यालयमा पठाउने व्यवस्था गर्न समेत मन्त्रालयले भनेको छ ।

वन क्षेत्रमा लागिरहेको वन डडेलाको मुख्य इन्धनको स्रोत पात पतिङ्‍गर, झाडी, काठ-दाउराको चोयटा भएकाले त्यस्ता प्रज्वलनशील वस्तुको संकलन तथा उपयोग वृद्धि गर्न उपभोक्तालाई अनुरोध गर्ने निर्णय समेत मन्त्रालयको हालैको निर्णयमा उल्लेख छ ।

त्यस्ता प्रकृतिका पात, पत्कर, काठ–दाउराका चोयटा प्रयोग गर्ने उद्योग र उद्यमीलाई संकलन र प्रयोगमा सहजीकरण गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ । यसमा उपभोक्ता समिति र डिभिजन वन कार्यालयले सहयोग गर्ने निर्णय मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?