+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १८:५७

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौं’, उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौं ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

आमा शोभा लामिछानका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?