+
+

राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ २९ वैशाखदेखि, देशका ७ सहरमा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १३:२०

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको शैक्षिक परामर्शदाता राइटपाथ कन्सल्टिेन्सिले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गर्ने भएको छ ।

२९ वैशाखदेखि ८ जेठसम्म काठमाडौंमा सुरु हुने ग्रान्ड एजुकेसन कन्क्लेभ देशका अन्य सहरहरूमा समेत सञ्चालन हुने कन्सल्टेन्सीले जनाएको छ ।

२९ वैशाखमा काठमाडौंमा, ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौंडामा, ४ जेठमा चितवन, ५ जेठमा बुटवलमा, ६ जेठमा दाङमा र ८  जेठमा ललितपुरमा कार्यक्रम सञ्चालन हुने कन्सल्टेन्सीले जनाएको छ ।

कन्क्लेभ लक्षित अफरहरू

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र एक्साइटिङ गिफ्टह्याम्फरको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपौयाँमै गर्न सकिने छ ।

कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास थियो ।

विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?