+
+

एप्पलको बिक्री सबैजसो मुलुकमा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १४:०४

काठमाडौं । अमेरिकी कम्पनी एप्पलका उत्पादनहरुको बिक्री विश्वव्यापी रुपमै घटेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो ३ महिनामा आइफोनको विश्वव्यापी मागमा १० प्रतिशतले गिरावट आएको छ भने समग्र बिक्री युरोपबाहेक विश्वका सबैजसो भौगोलिक क्षेत्रहरुमा घटेको छ ।

एप्पलका अनुसार यस अवधिमा कम्पनीको आम्दानीमा ४ प्रतिशतले कमी आएर ९० अर्ब ८० करोडमा झरेको छ, जुन एक वर्षको अवधिमा सबैभन्दा ठूलो गिरावट हो । तथापि यो नतिजा यसअघि आँकलन गरिएजस्तो खराब भने होइन ।

यद्यपि नयाँ प्रडक्ट बजारमा आउने तथा आर्टिफिसियल इन्टेलिजेन्समा लगानीका कारण आगामी महिनाहरुमा आफ्ना प्रडक्टहरुको बिक्रीमा वृद्धि हुने अपेक्षा एप्पलले गरेको छ।

आइफोनको दोश्रो सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा पछिल्लो त्रैमासिकमा यसको बिक्रीमा ८ प्रतिशतको गिरावट आएको छ । यद्यपि चीनको मूख्यभूमिमा आइफोनको बिक्रीमा वृद्धि भएको र दीर्घकालीन रुपमा चीन एप्पलका लागि राम्रो बजारको रुपमा रहेको एप्पलका सिइओ टिम कुकले बताएका छन् ।

यद्यपि हुवावे लगायतका चिनियाँ ब्राण्डका स्मार्टफोनहरुका कारण चिनियाँ बजारमा आइफोनले कठीन प्रतिस्पर्धा गर्नु परेको छ ।

विश्लेषकहरुका अनुसार चारवर्ष अघि आइफोन १२ ल्याए यता एप्पलले आफ्ना आइफोनका संस्करणमा कुनै उल्लेख्य नयाँपन ल्याउन सकेको छैन । त्यसबेला पहिलो फाइभ जी आइफोनका कारण धेरै प्रयोगकर्ताहरु आइफोन १२ प्रति आकर्षित भएका थिए ।

आगामी आइफोन १६ मा चाहिँ एप्पलले नयाँ एआई फिचर राख्ने अपेक्षा गरिएको छ । जुन आइफोनमा एउटा अहम् अपग्रेड हुनेछ र त्यसले एप्पल प्रयोगकर्ताहरुलाई आकर्षित गर्नेछ। बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?