+

गर्मीमा हुने ब्रेन फ्रिज कस्तो समस्या हो ?

२०८१ वैशाख  २८ गते ७:०० २०८१ वैशाख २८ गते ७:००
गर्मीमा हुने ब्रेन फ्रिज कस्तो समस्या हो ?

गर्मी छल्न धेरै चिसो पेय पदार्थ, आइसक्रिम, जुस पिउने आम प्रचलन छ । तर यस्तो चीजले विभिन्न स्वास्थ्य समस्या ल्याइरहेको हुन्छ । गम्भीर टाउको दुखाइ अर्थात् टाउकोको अगाडिको भागमा अचानक कडा र गम्भीर पीडा हुने गर्छ । यस्तो अवस्थामा मस्तिष्क फ्रिज अर्थात् ब्रेन फ्रिज भएको हुनसक्छ ।

के हो ब्रेन फ्रिज ?

चिसो धेरै खाँदा गम्भीर टाउको दुखाइलाई ब्रेन फ्रिज भनिन्छ । यो एक स्फेनोपलाइटाइन गैंग्लियोन्युरलजिया हो, जसमा अगाडिको भागमा कडा दुखाइ महसुस हुन्छ । छिटोछिटो आइसक्रिम खाने तथा फ्रिजको चिसो पेय पदार्थ धेरै पिउँदा यस्तो समस्या हुन्छ । जब मुख वा घाँटीमा अत्याधिक चिसो महसुस हुन्छ, तब मुख र घाँटीलाई सामान्य तापक्रममा ल्याउन शरीरको रगतको प्रवाह मुखतर्फ बढ्छ । यस्तो अवस्थामा टाउकोको रक्तनली खुल्न थाल्छ । यसरी बढेको रक्तसञ्चारका कारण मानिसलाई अचानक टाउको दुख्छ ।

ब्रेन फ्रिज र अन्य टाउको दुखाइमा के फरक छ ?

यो अन्य प्रकारको टाउको दुखाइ भन्दा धेरै फरक हुन्छ । मस्तिष्क फ्रिजको अवस्थामा औषधिको आवश्यकता पर्दैन । किनभने यो केही सेकेन्ड वा बढीमा दुई मिनेटसम्म मात्रै दुखाइको महसुस हुन्छ र आफैं निको हुन्छ । तर अन्य टाउको दुखाइमा अन्य लक्षण पनि देखापर्छ । जस्तै, माइग्रेनको कारण टाउको दुख्दा उज्यालोमा हेर्न गाह्रो हुने, ठूलो आवाज सुन्न नसक्ने, लामो समय दुखाइ महसुस हुने, औषधि नखाएसम्म दुखाइ कम नहुने हुनसक्छ । तर मष्तिस्क फ्रिजमा टाउको अगाडिको भाग दुख्ने बाहेक अन्य कुनै लक्षण हुँदैन । यदि दुखाइ दुई मिनेटभन्दा लामो समयसम्म रहेमा मुखको तापक्रमलाई सामान्य अवस्थामा ल्याउन मनतातो खानेकुरा खाने गर्न सकिन्छ ।

ब्रेन फ्रिजको समस्या जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ । तर बालबालिका र चिसो खानेकुरा वा पेय पदार्थ छिटोछिटो खाने व्यक्तिलाई यसको जोखिम बढी हुन्छ । त्यस्तै माइग्रेनको समस्या भएकालाई पनि मष्तिस्क फ्रिज हुने सम्भावना हुन्छ ।

ब्रेन फ्रिजका बच्न के गर्ने ?

ब्रेन फ्रिजको समस्याबाट बच्न चिसो पेय पदार्थ सेवन नगर्ने, खानै परे नहतारिकन बिस्तारै पिउने, फ्रिजको पानी निकाल्ने बित्तिकै नपिउने, फ्रिजमा राखिएका खानेकुरा पनि सकेसम्म तातो बनाएर मात्रा खाने गर्नुपर्छ । चिसो हावाका कारण पनि ब्रेन फ्रिजको समस्या हुने भएकाले टाउकोमा स्कार्फ वा टोपी लगाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

गर्मीयाम ब्रेन फ्रिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय