+
+

विश्व वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड अनुदान पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १७:१९

२८ वैशाख, काठमाडौं । विश्व वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड रुपैयाँ (९० लाख २४ हजार ३१२ डलर) अनुदान प्राप्त गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो रकम बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

विश्व वातावरण सुविधा वापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताइएको छ ।

बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन अनुसार विभिन्न स्थानमा घाटगद्दीमा रहेको १ लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजाने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?