 
																			२९ वैशाख, ललितपुर । ललितपुर महानगरपालिका-१० कोपुन्डोलमा कार दुर्घटना भएको छ ।
आज बिहान साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार सडकमा अनियन्त्रित भई छेउको विद्युत पोलमा ठोक्किएको हो ।
दुर्घटनामा कारमा क्षति पुगेपनि चालक भने सामान्य रहेको प्रहरी प्रभाग कोपुन्डोलले जनाएको छ ।
कार महालक्ष्मी नगरपालिका सातदोबाटोका सञ्जित जोशीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारको ठक्करबाट पोलमा क्षति पुगेपछि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4