+
+

राइटपाथ एजुकेसन कन्क्लेभमा २ हजार बढी विद्यार्थीको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १५:२१

काठमाडौं ।  शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा विद्यार्थीको सहभागिता उत्साहजनक रहेको पाइएको छ ।

संस्थाको पुतलीसडक स्थित प्रधान कार्यालयमा शनिबार आयोजित कन्क्लेभमा दुई हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो ।

कन्क्लेभमा सहभागी विद्यार्थीले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका थिए ।

अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी भएका विद्यार्थीले  राइटपाथबाट आकर्षक गिफ्ट ह्याम्पर समेत पाएका छन् ।

संस्थाका अनुसार कन्क्लेभमा विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशतसम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको  छ ।

यसैगरी सहभागी विद्यार्थीले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आईएलटीएस कोर्स २ हजार ८१ रुपैयाँमै गर्न पाउने सुविधा प्राप्त गरेका छन् ।

कन्क्लेभमा राइटपाथकी ब्रान्ड एम्बेसडर समेत रहेकी पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र गायिका अन्जु पन्तको समेत उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डीसीले कन्क्लेभको पहिलो दिन आफूहरूले अपेक्षा गरेभन्दा बढी सहभागिता रहेको बताए ।

गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिने उनको विश्वास थियो ।

कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्‍याउने राइटपाथको तयारी छ ।

काठमाडौंबाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ ।

यसबीचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौंडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?