+
+

कथा सुनाउँदै हिँडिरहेका साइग्रेसको सेलिब्रिटी पनि फ्यान !

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ जेठ १ गते ७:२०

१ जेठ, बार्सिलोना । स्पेनको बार्सिलोना बस्दै आएका साइग्रेस वर्ड टुर शब्दको भ्रमणमार्फत नेपाल आएका छन् । युट्युबमार्फत ‘स्टोरी टेलिङ’ गर्दै आएका उनी युवा पुस्तामाझ निकै चर्चित छन् । नेपाल आएको मौकामा उनी आफ्नो नियमितबाहेक अन्य विभिन्न टेलिभिजन कार्यक्रममा पनि सहभागी भए ।

देशकै चर्चित रियालिटी शोहरुमा अतिथि बनेर पुगेको साइग्रेसले नेपालका ‘सेलिब्रेटी’हरुलाई पनि आफ्ने प्रशंसक बनाइसकेको प्रष्ट भान हुन्थ्यो ।

आफ्नो कथा वाचन शैलीबाट साइग्रेसले मन्त्रमुग्ध बनाउँदै आएका छन् । ‘मलाई कसैले चुप लगाउन सक्तैन, साइग्रेसले बाहेक । मेरो बोल्ती बन्द गर्न सक्ने क्षमता उ सँग छ’, अभिनेत्री ऋचा शर्माले भावुक हुँदै भनिन्’, मलाई मात्र होइन । सायद सबैलाई होला ! जब साइग्रेस बोल्छ सबैलाई सुन्न मात्र मन लाग्छ ।’

कमेडी च्याम्पियन्स सिजन २ को एपिसोड १५ मा अतिथिको रुपमा थिए, स्टोरी टेलर साइग्रेस पोखरेल । रविन सापकोटाको रचना ‘मलामी जाने सूचना लेख्दैछु’ जब साइग्रेसले वाचन गरेर सुनाए कमेडी को मञ्च नै शान्त बन्यो ।

निर्देशक प्रदीप भट्टराईले त आफू साइग्रेसको ठूलो फ्यान नै भएको सुनाए । ‘तपाईंसँग शब्दहरु रिसाउँछन् जस्तो लाग्छ । यस्तो राम्रो लेख्दा पनि मलाईचाहिँ प्रयोग गरेन भनेर’, निर्देशक भट्टराईले थपे, ‘थाहा छ कि छैन । तपाईंले धेरै टुटेका सम्बन्धहरु जोड्नु भएको छ । दुखेका घाउहरूमा मल्हम लगाउनु भएको छ ।’

हास्य कलाकार मनोज गजुरेलले पनि साइग्रेसको प्रशंसा गरे । ‘मान्छेले कति चिज हृदयमा दमन गरेर राखेको हुन्छ । सामाजिक, व्यवहारिक कारणले व्यक्त गर्न सक्तैन’, उनले भने, ‘आफूले व्यक्त गर्न नसके पनि कोही अस्तित्वले त्यस्तो पात्र जन्माइदिन्छ । जोमार्फत दमित भावावेगहरु व्यक्त भएर त्यो मान्छेको मनमा दबेको काँडो निस्कन्छ । हो, त्यो पात्र तपाई नै हो ।’

त्यसो त हास्य कलाकार सन्तोष पन्तले भने साइग्रेसको नाम सुनेका पनि रहेनछन् । उनले माफी माग्दै भने, ‘अहिलेको डिजिटल जमानासँग म त्यति परिचित छैन । म पुरानो मान्छे नै परें । तपाईको विषयमा मलाई थाहा नै थिएन । तर अब आइन्दा हेर्छु ।’

पोइट आइडलमा पनि प्रशंसा

साइग्रेसको चर्चा कमेडी च्याम्पियन्समा मात्रै रहेन, उनी कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ सिजन २ मा पनि अतिथि बन्न पुगे । त्यहाँ पनि उनले कवि तथा कलाकर्मीहरुबाट प्रशंसा बटुले ।

‘तपाईंजस्तो मनमोहक स्टोरी टेलर बन्नलाई मैले के खाने ?’ कार्यक्रम प्रस्तोता दिव्य देव पन्तले सुरुमै ठट्टा गर्दै भनरे, ‘केही वर्ष यता स्टोरी टेलिङको माध्यमबाट नयाँ पुस्ता माझ साहित्यको आकर्षण तपाईंले गजबले पैदा गर्नु भएको छ ।’

अभिनेत्री केकी अधिकारीले साइग्रेसले शब्दमा शक्ति देखाएको बताइन् । ‘तपाईंले जसरी उत्प्रेरित गर्नुहुन्छ । आफ्नो शब्दको शक्ति देखाउनु भएको छ’, उनले थपिन्, ‘शब्दमा एकदमै ठूलो शक्ति हुन्छ । प्रस्तुतिमा शक्ति हुन्छ । घाउमा मल्हम लगाउने शक्ति हुन्छ । लडिरहेको उठ्ने शक्ति हुन्छ । त्यसको उदाहरण तपाईं हुनुहुन्छ ।’

पोइट आइडलको मञ्चमा समेत प्रस्तुति राखेका साइग्रेसलाई निर्णायक तथा कवि विप्लव प्रतीकले सोधे, ‘तपाईं यति धेरै प्रशंसकको बीचमा आफ्नो प्रस्तुति राख्दा नर्भस् हुनुभयो कि भएन ?’

साइग्रेसको जवाफ दिए, ‘स्टेज चढ्नु अघि स्टेज फेयरचाहिँ हुनुपर्छ । त्यो अनुशासन हो जस्तो लाग्छ । मैले आफ्नो अडियन्सलाई कम आँकलन गरे भने म त्यसमा चुक्न सक्छु ।’

निर्देशक तथा रंगकर्मी अनुप बराललाई भने साइग्रेस निकै चलाख लाग्यो । ‘मान्छेहरुलाई कसरी प्रेरणा दिनुपर्छ भन्ने कुरामा चलाखी गर्नुहुदो रहेछ । जुन धेरै राम्रो हो’, रंगकर्मी बरालले प्रश्न राखे, ‘तपाईंलाई स्टोरी टेलिङको धारणा कसरी आयो ? पहिले देखिनै यो गर्दै आउनुभएको हो ?’

‘यसको स्कुलिङ नै काहीं छैन । हजुरहरुले एक्टिङको स्कुल सुरु गर्नुभयो। नृत्य, संगीतका लागि स्कुलहरू छन् । तर कथाका लागि स्कुलिङ छैन । अब्जरभेसनमा गर्दै देख्दै सिक्दै यहाँसम्म आएको छु’, साइग्रेसको जवाफ थियो ।

रंगकर्मी बराललाई साइग्रेसले दिएको उत्तर मन पर्‍यो । ‘हो फिल्म स्कुल होस्,ड्रामा स्कुल होस् कसैले पनि तपाईलाई महान बनाउँछु भन्ने ग्यारेन्टीचाहिँ गर्दैन’, उनले भने, ‘ग्यारेन्टी चाहि आफनै कामले बनाउने हो। त्यसका लागि आफूलाई तयार राख्नु पर्दोरहेछ भन्ने तपाईको दृष्टान्तबाट मैले बुझे ।’

नेपाल मेगा कलेज कक्षा ११ मा पढ्ने छात्र विनिका श्रेष्ठले पनि साइग्रेसलाई प्रश्न सोधिन् । ‘तपाई यहाँसम्म पुग्छु भन्ने सोच कहिल्यै आएको थियो ?’

साइग्रेसले आफूलाई पहिले स्टोरी टेलर नै बन्छु भन्ने कहिल्यै नलागेको सुनाए । तर आफूले गरिरहेको काममा भने विश्वास रहेको सुनाए । ‘तर एउटा विश्वास चाहि के थियो भने जे कर्म गरे पनि ईथिक्स चाहि राख्छु भन्ने नै थियो।साहेद त्यसको प्रतिफल पनि होला’, उनले भने ।

रियालिटी शोहरुमा मात्रै होइन, साइग्रेस थुप्रै टेलिभिजनहरुले अन्तर्वार्ता लगायत पडकास्ट कुराकानीमा समेत व्यस्त बनेका थिए ।

टेलिभिजन रियालिटी शोमा साइग्रेस ।

डिजिटल माध्यमबाट साहित्यमा योगदान

त्यसो त साइग्रेस आफू साहित्यकार होइन नै भन्छन् । तर उनले डिजिटल माध्यमबाट कथा सुनाएर नयाँ पुस्तामाझ साहित्यको आकर्षण भने बढेको छ ।

साइग्रेसको युट्युब च्यानलमा ७ लाख सब्सक्राइबर छन् । साइग्रेसको ५ वटा अडियो उपन्यास आफ्नै युट्युबमार्फत् सार्वजनिक गरेका छन् । उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ ६२ लाखले हेरेका छन् । उनको युट्युबमा नौलो सुरुआत २९ लाख, नयाँ बेहुली २२ लाखले कथा सुनेका छन्।

‘मैले आफ्नो कामलाई निरन्तरता दिन छोडेको छैन।त्यसैले पनि नयाँ पुस्ताले मलाई लाखौँको संख्यामा अझै पनि सुन्नुहुन्छ’, अनलाइनखबरसँग कुराकानी गर्दै साइग्रेसले भने, ‘साहित्यप्रति मेरो योगदान छ वा छैन त्यो म आफैं भन्न मिल्दैन। तर यो माध्यमबाट नयाँ पुस्तामाझ साहित्यप्रति आकर्षण बढेको चाहिँ साँचो हो।

वर्ड टुर अर्थात् शब्दको भ्रमण

‘जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ’, नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्दा साइग्रेसले ब्यक्त गर्दै आएको यो अभिव्यक्ति हो ।

३ वर्ष अघि नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दको भम्रण) गरेका उनै साइग्रेसले फेरि दर्शकसँग साक्षात्कार गरेका छन् ।

उनको क्रेज घटेको होइन, झनै बढेको देखिन्छ । वैशाख १५ मा झापाबाट सुरु भएको उनको वर्ड टुर इटहरी, चितवन,बुटबल र पोखरामा भइसकेको छ । आगामी जेठ ५ गते काठमाडौंमा राष्ट्रिय सभागृहमा साइग्रेसले आफ्नो अन्तिम प्रस्तुति राख्दैछन् ।

काठमाडौं स्थायी घर भएका साइग्रेस पोखरेल हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन् । उनी डेनमार्कमा उच्च शिक्षाको अध्ययनपछि ७ वर्षयता बार्सिलोनामा बस्दै आएका हुन् । त्यसो त उनले सन् २०२२ अगष्टदेखि अष्ट्रेलियाबाट वर्ल्ड टुर (विश्व भम्रण) सुरु गरेका थिए।

अष्ट्रेलिया अलवा जापान,बेलायत लगायत युरोपका प्राय: देशहरुमा साइग्रेसले आफ्नो प्रस्तुति राखिसकेका छन् । ३ हप्तापछि पुन: बार्सिलोना फर्किएपछि आफ्नो वर्ल्ड टुरलाई जारी राख्ने उनले बताएका छन् ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?