+

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

२०८१ जेठ  २ गते ७:०० २०८१ जेठ २ गते ७:००
Shares
८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

धेरैजसो रोग लाग्नुको पछाडि हामी स्वयं कारण बन्ने गर्छौं । हाम्रो खानपान, बसाइ, दिनचर्या, सोच यावत् कुराले पनि शरीरलाई रोगी बनाउने जोखिम हुन्छ ।

हामीले जानेर वा नजानेर गर्ने गल्तीहरुको नतिजा हो, शरीरमा रोग लाग्नु । मुटुरोग पनि यस्तै गल्तीको कारण लाग्नसक्छ ।

मोटोपन

मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लाइसेराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्टेरोलको मात्रा पनि बढी हुन्छ । यी सबै कुराले गर्दा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीमा लामो समय बोसो जमेर मुटुको रक्तनसाहरू बन्द हुने, मस्तिष्कमा जाने रक्तनसाहरू बन्द हुने सम्भावना बढ्छ । साथै शरीरको अन्य भागका रक्तनलीहरु बन्द हुने सम्भावना बढ्छ । यही कारणले हृदयघात, मस्तिष्कघातको जोखिम बढाउँछ ।

पर्याप्त निद्रा नपुग्नु

मुटुले २४ घण्टा काम गर्ने भएपनि सुत्दा त्यसमा पर्ने दबाब कम हुन्छ । किनभने सुत्दा र आराम गर्दा शरीरले रक्तप्रवाहका लागि त्यति मेहनत गर्नु पर्दैन । तसर्थ, पर्याप्त निद्रा प्राप्त नगर्दा हृदय प्रणालीले आराम पाउँदैन र मुटुरोगको जोखिम बढ्छ । अनुसन्धानका अनुसार वयस्कहरूले हरेक रात ७ देखि ८ घण्टा र किशोरकिशोरी र युवाहरूले हरेक रात ९ देखि १० घण्टा सुत्नुपर्छ ।

दिनभर एकै ठाउँमा बसेर काम गर्ने

हरेक दिन ५ घण्टा वा सो भन्दा बढी बस्ने र पर्याप्त हिंडडुल नगर्ने मानिसमा हृदयघातको समस्या हुने जोखिम बढेको हुन्छ । लामो समयसम्म बस्दा पनि हृदयघात हुने सम्भावना बढ्छ । कामको लागि दिनभर बस्नुपर्छ भने पनि समय-समयमा ब्रेक लिनुपर्छ । जीवनशैलीमा भएको यो सानो परिवर्तनले पनि धमनीहरूलाई लचिलो बनाउन र रक्तसञ्चार बढाउँछ ।

अत्याधिक तनाव

तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । अत्याधिक तनावले मुटुको रक्तनलीलाई हानि पुर्‍याउँछ, जसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ । मधुमेह, उच्च रक्तचाप, मिर्गौला र अन्य स्वास्थ्य समस्या भएका बिरामी झन् धेरै सचेत हुनुपर्छ ।

मद्यपान

रक्सीको अत्याधिक सेवनले उच्च रक्तचाप, मस्तिष्कघात र मोटोपन निम्त्याउन सक्छ । यी सबैले मुटुरोग लाग्ने सम्भावना बढाउँछ । साथै, केही अनुसन्धानले यो पनि देखाएको छ कि थोरै मात्रामा पनि रक्सीको सेवन मुटुका लागि हानिकारक हुन्छ ।

धुम्रपान

धुम्रपानले पनि मुटुरोगको जोखिमलाई बढाउँछ । चुरोटले हाम्रो मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइदिन्छ । यसले त्यो पत्र पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ । जसकारण त्यहाँ गएर रगत जमेर हृदयघात हुने हुन्छ ।

वायु प्रदूषण

स्वस्थ मुटुका लागि वायु प्रदूषणबाट पनि बच्नुपर्ने हुन्छ । सवारी साधनबाट निस्कने धुलो र धुवाँका स-साना कणले मुटुमा ठूलो हानि पुर्‍याउन सक्छ । त्यसैले वायु प्रदूषणको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने र धेरै प्रदूषण भएको बेला अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने गर्नुपर्छ ।

स्टेरोइडको प्रयोग

युवाहरू जो शारीरिक रुपमा धेरै सक्रिय छन् वा व्यायामको लागि जिम जान्छन् । उनीहरूले मांसपेशी बढाउन स्टेरोइडको प्रयोग गरेको पाइन्छ । यसरी जथाभावी स्टेरोइड प्रयोगले पनि मुटुरोगको जोखिम बढाउँछ ।

 

डा. अभिषेक ठाकुर मुटुरोग स्वास्थ्य
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज