+
+

लघुवित्त ऋणीको कर्जा पुनर्तालीकीकरण र पुर्नसंरचना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:४४

१ जेठ, काठमाडौं । लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुर्नसंरचना गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

त्यस्तै लघुवित्त तथा वित्तीय क्षेत्रको नियमनलाई भरपर्दो बनाइने उनले बताए । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि विभिन्न समयमा भएमा अध्ययन प्रतिवेदनका सुझावहरु क्रमशः कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

लघुवित्त संघसंस्थाले उच्च ब्याज लिएको भन्दै यसअघि ऋणीहरुले पटक पटक संघर्षका कार्यक्रम गर्दै आएका छन् । समयमै ऋण तथा साँवा उठ्न नसक्दा लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा समेत बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?