+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवन राष्ट्रिय निकुञ्जले वितरण गर्‍यो वन्यजन्तुले गरेको क्षतिको राहत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ९:१४

२ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली जनावरले गरेको जनधनको क्षतिको क्षतिपूर्ति रकम वितरण गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १ करोड ३३ लाख ९४ हजार ६०९ रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको हो ।

निकुञ्जको वरपरको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवार, घाइतेहरुको उपचार तथा बालीनालीमा भएको क्षतिको रकम पीडित परिवारलाई दिइएको हो ।

अघिल्लो वर्ष र चालु आर्थिक बर्षमा वन्यजन्तुबाट भएको क्षतिको रकम नियमानुसार प्रदान गरिएको सूचना अधिकारी तिवारीले बताए ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ७ जनाको परिवारलाई जनही १० लाखको दरले ७० लाख, सामान्य घाइते १५ जनाको उपचारका लागि १ लाख ५७ हजार ३४२, सख्त घाइते १२ जनाको उपचार खर्च १९ लाख ६६ हजार ४३२, १४२ पशुधनको क्षतिको रकम २० लाख ९५ हजार २१०, घरगोठ क्षति, अन्नबाली क्षति लगायतका शीर्षकमा मूल्याङ्कन गरेर रकम प्रदान गरिएको हो ।

निकुञ्जका जंगली जनावरहरु हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, मगर गोही, अजिंगर, गौरी गाई लगायतले निकुञ्ज बाहिर निस्केर जनधनको क्षति पुर्‍याएका थिए ।

निकुञ्जले हरेक वर्ष जंगली जनावर भएको क्षतिको क्षतिपूर्ति रकम दिंदै आएको छ । वन्यजन्तुले गरेको क्षतिको तुलनामा राहात रकम अति नै कम भएको भनेर निकुञ्ज आसपासका जनताले असन्तुष्टि पोख्दै आएका छन् ।

क्षतिको मूल्याङ्कन रकम निकै कम भएको तथा क्षतिपूर्ति रकम लिन निकै झन्झटिलो र लामो प्रक्रिया भएकोले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढ्ने गरेको स्थानीयहरु बताउँछन् ।

निकुञ्जको कोर क्षेत्रभित्र कुनै जनावरको आक्रमणबाट भएको क्षतिको भने निकुञ्जले क्षतिपूर्ति दिने गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?