+
+

अरुणभ्याली हाइड्रोपावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ९:०९

२ जेठ, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयर नपाउनेले बिहीबारदेखि रकम फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता हुने जनाएको हो ।

कम्पनीले हकप्रद निष्कासनका क्रममा अवितरित १९ लाख ९२ हजार १३४ कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आवेदन माग गरेको थियो । सो लिलामी सेयरमा कटअफ मूल्य १४३ रुपैयाँ ५० पैसा कायम भएको छ । मंगलबार कारोबार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १६५ रुपैयाँ ९० पैसा छ ।

क्यापिटलका अनुसार कटअफ मूल्यभन्दा माथि रकम तोकेर आवेदन दिनेले सेयर नै पाउने छन् भने सोभन्दा कम रकम तोकेर आवेदन दिनेलाई बिहीबारदेखि रकम फिर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?