+
+

पौड्याल र मिश्र सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:१९
लोकनाथ पौड्याल (बाँया) र राजेन्द्रप्रसाद मिश्र ।

३ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ ।

त्यस्तै कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो ।

यस्तै कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई  सिफारिस गरिएको थियो । तेस्रो नम्बरमा सिफारिस भएपनि मिश्र सचिवमा बढुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?