
काठमाडौं । गायिका निर्मला थापा मगरले ‘इन्द्रकमल’ गीत ल्याएकी छन् । गीतमा उनलाई आरके गुरुङले गायनमा साथ दिएका छन् ।
पवित्रा मगरको शब्द र आरके गुरुङको संगीत रहेको लोकदोहोरी गीतलाई सुदीप मगरले एरेन्ज गरेका हुन् । नृत्य शैलीमा निर्माण गरिएको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा चीज गुरुङ र अन्जु गुरुङको अभिनय छ ।
करण चैसिरले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । साई भिजनले गीतको निर्माण गरेको हो । गीतलाई ‘निर्मला थापा मगर’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4