
९ जेठ, काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा ४१.३१ मेगावाटको सुपर बागमती हाइड्रोपावरलाई ऋण लगानी जुटेको छ । बैंक र हाइड्रोपावर कम्पनीबीच ऋण लगानी सम्बन्धी बुधबार सम्झौता भएको छ ।
ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निर्माण हुने ४१.३१ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रहेको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि अनुमति पत्र लिएको हो ।
हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एनएनके कन्स्ट्रक्सन छन् ।
परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्व तथा अन्य बैंकको सहवित्तीयकरणमा परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्नेछन् । जसमा लक्ष्मी सनराजइको ३.४ अर्ब, एभरेस्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंकको १ अर्ब लगानी रहनेछ ।
प्रतिक्रिया 4