
१० जेठ, काठमाडौं । मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार तारा एयरको ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेको पाइएको छ ।
जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा सो घटना भएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4