+
+

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:०७

११ जेठ, काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए । ‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.२’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘ उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउँछन् ।

‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी.२’ रहेको पाइएको छ,’ डा. पुनले भने, ‘ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ ।’

उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन ।

सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उनले भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने उनले बताए । कोरानाले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।

‘केही महिनाअगाडि मात्रै टेकुमा संक्रमित भर्ना हुने संख्या केही बढेको थियो । केपी.१ वा केपी २ ले पनि ल्याएको हुनुपर्छ । त्यतिबेला जिन सिक्वेन्सिङ नभएकाले कारण पत्ता लाग्न सकेन,’ डा. पुनले भने, ‘ अहिले नै कति समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिँदैन । पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउला ।’

विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?