+
+
हालसम्मकै ठूलो सम्पत्ति शुद्धीकरणको मुद्दा :

शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:४२

११ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड बिगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो बिगोसहितको मुद्दा हो ।

विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सविना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानियाँ र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप छ ।

उनले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर, तुल्सी बहुमुखी सहकारी, मोरङमा सर्वसाधारणले राखेको बचत अपचलन गरेको आरोप थियो ।

त्यो रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरेका थिए । ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैयाँ कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ ।

गार्डेन मार्ट तुलसी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र तुल्सी राइस एन्ड चिउरा उद्योग लगायतका कम्पनीको नाममा १ अर्ब १६ करोड रुपैयाँ थप अपचलन गरेको आरोप उनीमाथि छ । उनीमाथि ७ अर्ब ५८ करोड रुपैयाँ गैरकानुनी रुपमा प्राप्त गरेको आरोप पनि छ ।

केदारनाथ र गीता शर्मामाथि तुल्सी सहकारीको १६ करोड ९७ लाख अनि शिवशिखर सहकारीमा एक अर्ब ११ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

केदारनाथले ५९ वटा कम्पनीमा लगानी गरेका थिए भने पत्नी गीताले १३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?