+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कान्समा केट : प्यालेस्टाइनको झण्डाजस्तै पहिरनमा युद्धको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:५८

काठमाडौं । केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।

त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो पहिरनको पृष्ठभागको रङ सेतो थियो । उनले जब त्यो पहिरन हल्का उठाइन् अनि त्यो हरियो देखियो । बल्ल के कुरा खुलासा भयो भने हलिउड अभिनेत्री केट कान्सको रेडकार्पेटमा प्यालेस्टाइनको झण्डा पहिरिएर हिंडेकी छन् ।

अनि त्यसपछि यसले विश्वव्यापी चर्चा पायो । केटको स्वभावको हिसाबले भने यो कुरा नौलो होइन । गत नोभेम्बरमा गाजामा इजरायली अत्याचारको विरुद्धमा हलिउडमा मौनता कायम रहेको बेला उनले युरोपेली संसदमा युद्धविराम र शरणार्थीलाई मद्दत गर्न आह्वान गरेकी थिइन् ।

‘म इजरायल वा प्यालेस्टाइनको होइन । म राजनीतिज्ञ होइन,’ उनले भनेकी थिइन् ‘तर म साक्षी हुँ । विश्वभरबाट शरणार्थीमाथि भइरहेको युद्ध, हिंसा र उत्पीडनको मानवीय मूल्यको साक्षी हुँ ।’

केटको कान्सको उक्त परिघटनाबारे द न्युयोर्क टाइम्सले हेडलाइन लेखेको छ– ‘के केट ब्ल्यान्चेटले कान्समा प्यालेस्टाइनको समर्थमा फेसन स्टेटमेन्ट दिएकी हुन् ?’ यो फोटो सामाजिक सञ्जालमा फैलिन थालेपछि धेरैले उनको यो कान्स लुक प्यालेस्टाइनको समर्थनमा रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो पर्सनल एकाउन्ट नभएकी अभिनेत्रीले यसबारे केही उल्लेख गरेकी छैनन् । यद्यपि त्यो डिजाइनको रङ प्यालेस्टाइनको झण्डासँग जोडिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?