 
																			१४ जेठ, काठमाडौं । सत्तारुढ दलहरु सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत छन् ।
यसअघि बालुवाटारमै कांग्रेसका नेताहरुसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । जहाँ कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार थिए ।
कांग्रेस नेताहरु बाहिरिएपछि सत्तारुढ दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4