+
+

सार्वजनिक संस्थानमा ३२ हजार १८० लाई रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १३:३३
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । नेपालमा सञ्चालित सार्वजनिक संस्थानले ३२ हजार १८० जनालाई रोजगारी दिइरहेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा रोजगारी दिएको तथ्यांक छ ।

अहिले नेपालमा कुल ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । जसमध्ये २० वटा संस्थानमा सरकारको पूर्ण स्वामित्व र २४ वटा संस्थानमा अधिकांश स्वामित्व रहेको छ ।

जनपयोगी संस्थानमा सबैभन्दा बढी १३ हजार ३७७ र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम १४ सय ८ जना कर्मचारी कार्यरत रहेका छन् ।

एक वर्षमा २४ सय ४४ कर्मचारी बढे

एक वर्षको अवधिमा सार्वजनिक संस्थानमा २ हजार ४४४ जना कर्मचारी वृद्धि भएको देखिएको छ । विवरण अनुसार अघिल्लो आव २०७८/७९ मा २९ हजार ७३६ कर्मचारी रहेकोमा वृद्धि भएर ३२ हजार १८० रहेको देखिएको हो ।

तथ्यांक अनुसार औद्योगिक क्षेत्रका संस्थानले १९ सय ८७, व्यापारिक क्षेत्रका संस्थानमा १४ सय ८६ र सेवा क्षेत्रका संस्थानमा ४५ सय २ जना कर्मचारी रहेको पाइएको छ ।

सामाजिक क्षेत्रमा १४ सय ८, जनपयोगी क्षेत्रमा १३ हजार ३७७ र वित्रीय क्षेत्रमा संस्थानमा ९ हजार ४२० जना कर्मचारी रहेको तथ्यांक अर्थ मन्त्रालयको छ ।

संस्थानमा प्रतिकर्मचारी खुद नाफा कति ?

सार्वजनिक संस्थानमा प्रतिकर्मचारी खुद नाफा १५ लाख ८ हजार रुपैयाँ रहेको पाइएको छ । आव २०७९/८० मा सार्वजनिक संस्थानले कुल ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यसलाई प्रतिकर्मचारी हिसाब गर्दा खुद नाफा १५ लाख ८ हजार रुपैयाँ प्रतिकर्मचारी हुन आउँछ । अघिल्लो वर्ष २०७८/७९ को तुलनामा प्रतिकर्मचारी खुद नाफा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष संस्थानहरुको खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ मात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?