+
+

कृषिमा ३६ अर्ब अनुदान दिएकै वर्ष डेढ खर्बको कृषिजन्य वस्तु आयात

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १३:५७
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । सरकारले कृषि उत्पादनमा टेवा पुर्‍याउन भन्दै वर्षेनि अर्बौं रुपैयाँ अनुदान दिने गरको छ । तर, त्यसको नतिजा व्यवहारमा देखिएको छैन ।

महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनले उक्त विषय उजागर गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा सरकारले रासायनिक मलमा ३१ अर्ब २० करोड ३३ लाखसहित कुल ३६ अर्ब ४ करोड ३४ लाख अनुदान दिएको थियो ।

तर, सोही वर्ष कृषिजन्य वस्तु आयातमा १ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । कृषिजन्य वस्तु आयात अघिल्लो वर्ष २०७८/७९ को तुलनामा १७.९८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त वर्ष १ खर्ब २८ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । नेपालका तीन वटै सरकारले कृषिजन्य सामग्रीको आन्तरिक उत्पादन वृद्धि गर्न ठूलो लगानी गरिरहे पनि नतिजा नदेखिएको महालेखाको भनाइ छ ।

कृषि क्षेत्रमा दिने अनुदान हरेक वर्ष बढ्दै गए पनि आयात बढिरहेको देखिएको छ । महालेखाले कृषि नीति तथा कार्यक्रम पुनरावलोकन गरी आत्मनिर्भर कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?