+
+

गलेश्वर आश्रम र शैक्षिक सुधार कोषलाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई आर्थिक सहयोग गरेको छ ।

बैंकका अनुसार  बैंकको नारायणगढ शाखाले आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने धनगढी शाखाले कोषलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको छ । तर, आर्थिक अभावले मन्दिर प्राङ्‍गणमा नेपाली ढुंगा बिच्छ्याउने कार्य बाँकी रहेको छ ।  सोही कार्य सम्पन्न गर्न उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई सो रकम सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ती संस्थाहरूलाई आर्थिक सहयोग गरेको जनाएको छ ।

यसैगरी बैंकको महिलवार (लुम्बिनी) शाखाले २५६८औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाइ वितरण गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका करिब २ हजार ५ सय श्रद्घालु भक्तजनका लागि शुद्घ पिउने पानी तथा मिठाइ वितरण गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?