+
+

फलफूलको जुस र इनर्जी ड्रिंक्समा बढ्यो कर 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते २०:४२

१५ जेठ, काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स, फलफूलको तयारी जुसनमा कर बढाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्‍मा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत विभिन्न फलफूका तयारी जुसमा अन्तःशुल्क वृद्धि गरेका छन् ।

विभिन्न प्रकारका जुसमा प्रतिलिटर १३ रुपैयाँ रहेको अन्तःशुल्क ५० पैसाले बढेर १३ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यस्तै आइसक्रिम र खानायोग्य आइसमा पनि अन्तःशुल्क बढाएर २० बाट ३० पुर्‍याएको हो ।

त्यस्तै सुर्तीरहित पान मसलाको अन्तःशुल्क प्रतिकिलो ८५० बाट बढाएर ८७५ रुपैयाँ पुर्‍याएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीको अन्तःशुल्क प्रतिकिलो ३ सय ६५ बाट बढाएर ३ सय ७५ रुपैयाँ पुर्‍याएको छ ।

अल्कोहल नभएको बियरको अन्तःशुल्क प्रतिलिटर ३५ रुपैयँबाट ४५ रुपैयाँ बनाउँदा इनर्जी ड्रिंक्सको अन्तःशुल्क प्रतिलिटर २ रुपैयाँ बढाएको हो । हाल प्रतिलिटर ५० रहेकोमा अब ५२ रुपैयाँ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?