+
+

नेपालमा खुल्यो ‘सिको’ को पहिलो फ्ल्यागसिप स्टोर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:३७

काठमाडौं । जापानिज वाच ब्रान्ड ‘सिको’ ले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।

तीव्र विकासको क्रममा रहेका बजारमा आफ्नो बलियो उपस्थिति जनाउने सिकोको रणनीति अनुरूप फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

दशकौं अगाडिदेखि नै नेपाली बजारमा उपलब्ध यो ब्रान्डको आधिकारिक बुटिक नेपालमा खुलेको भने यो पहिलो पटक रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो स्टोरमा विभिन्न २०० भन्दा बढी मोडल एकै स्थानमा उपलब्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?