+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लोक तथा दोहोरी गीत क्षेत्रको विकृति रोक्न सरकारले भूमिका खेल्छ : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते २१:१२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पदाधिकारी गृहमन्त्री रवि लामिछानेलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण गर्दै यसको नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीत/संगीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औंल्याए ।

मन्त्री लामिछानेले भने- ‘ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ । स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरुले निजको भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ ।’

समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक रहेको गृहमन्त्री लामिछानेले बताए ।

मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै मन्त्री लामिछानेले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिए । लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने/गराउने प्रतिवद्धता उनले व्यक्त गरे ।

ज्ञापन पत्र बुझाउन पुगेका प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, बद्री पंगेनी, पशुपति शर्मालगायतका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्‍याउने खालको हुँदै गएको बताएका थिए ।

दोहोरी ब्याटलको नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छोडिएको, मेला-महोत्सवमा समेत उच्छृङ्खल र अमर्यादित गीत/संगीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?