२१ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।
सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले टी–इस्टेटबारे बालेनलाई सोध्न आग्रह गरेका हुन् ।
गिरीबन्धु टी–इस्टेटबारे तपाईंमाथि प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिंदै ओलीले भने, ‘सबै बालेन शाहलाई थाहा रहेछ । उहाँलाई नै सोध्नुस् ।’
मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी–इस्टेटको घोटाला लुकाउन जग्गा बाँड्ने प्रलोभन देखाएको उल्लेख गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4