 
																						रञ्जिता श्रेष्ठ								
											२१ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ‘सरकारमा जाने भन्ने कुरा हो, प्रधानमन्त्रीले पर्यटन भन्नुभएको छ’, श्रेष्ठले भनिन् ।
तर उनी सरकारमा कहिले सहभागी हुने भन्ने निश्चित छैन । ‘तयार भएपछि बोलाउनुहोला’, उनले भनिन् ।
प्रचण्डकै मन्त्रिपरिषद्मा यसअघि श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री थिइन् । तर गत २१ फागुनमा सत्ता समीकरण फेरिएपछि उनी मन्त्रीबाट हटेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4