
२७ जेठ, काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तर्क्रिया कार्यक्रममा भुसालले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नै नभएको जिकिर गरे ।
एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई अध्यक्ष नजिताएर गलत निर्णय गरेको भन्दै उनले भने, ‘कमरेड माधवकुमार नेपालले जितेको भए, हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौं ।’
अहिले एमालेमा व्यक्ति पूजा भइरहेको भन्दै उनले यो दलले समाजवादी क्रान्ति नगर्ने दाबी गरे । उनले अगाडि भने, ‘आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसका विरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ ।’
माओवादीले यो बुझ्न अझै धेरै समय लाग्ने उनले बताए । ‘त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन, माओवादी केन्द्रको उमेर पुगेको छैन’ महासचिव भुसालले भने । सानो पार्टी भए पनि एकीकृत समाजवादीले आसन्न महाधिवेशनबाट समाजवादी क्रान्तिमा पुग्ने सन्देश दिनसक्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4