+

एम्बाप्पेलाई चोटको चिन्ता, युरोसम्म फिट होलान् ?

२०८१ जेठ  २८ गते १५:४० २०८१ जेठ २८ गते १५:४०
एम्बाप्पेलाई चोटको चिन्ता, युरोसम्म फिट होलान् ?

२८ जेठ, काठमाडौं । फ्रान्सेली फुटबल स्टार केलिएन एम्बाप्पे युरोकपअघि क्यानडा विरुद्धको मैत्रीपूर्ण खेलको अभ्यासमा सहभागी भएनन् ।

किनकी लक्जेमवर्ग विरुद्ध ३-० ले विजयी भएको खेलमा उनको घुँडामा समस्या देखिएको थियो । क्यानडा विरुद्ध पहिलो रोजाइमा नखेलेका उनी वैकल्पिक खेलाडीको रुपमा ७४औं मिनेटमा उसमान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलपछि पत्रकारहरुसँगको कुराकानीमा आफू पूर्ण रुपमा ठीक नभएको तर सुधार भइरहेको बताएका थिए । युरोकप खेल्न भने आफू ठीक भइसक्ने उनको भनाइ छ ।

प्रशिक्षक डिडियर डेसच्याम्प युरो २०२४ का लागि आफ्ना स्टार कप्तान तयार हुनेमा ढुक्क छन् । ‘लक्जेमवर्ग विरुद्धको खेलअघि र प्रशिक्षणमा उनलाई केही समस्या देखिएको थियो । त्यसपछि उनको उपचार भयो । उनी आज अझ राम्रो भएका छन् । यदि उनी खेलमा संलग्न हुन चाहन्छन् भनेपनि कुनै रिस्क छैन’, डेसच्याम्पले भने ।

एमबाप्पेको टिममेट अउरेलिएन चुवामेनी क्यानडा विरुद्धको खेलमा बाहिर बसेका थिए । उनी जुन १७ मा अष्ट्रिया विरुद्ध हुने युरोकपको पहिलो खेलका लागि तयार नहुने देखिएको छ । तर उनले नेदरल्याण्ड्स र पोल्याण्ड विरुद्ध हुने खेल खेल्ने सम्भावना छ ।

एम्बाप्पे खेलकुद फुटबल फ्रान्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय