+
+

नेसनल लाइफ इन्स्योरेन्सका ३५ अभिकर्तालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १८:०३

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका ३५ जना अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीका अनुसार नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट भएका बागमती प्रदेशका ३५ जना अभिकर्तालाई सम्मान गरिएको हो ।

काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेसनल रत्न विजेता अभिकर्तालाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज  कँडेलले उत्प्रेरणमूलक प्रशिक्षण समेत दिएका थिए ।

मधेश प्रदेशका अभिकर्तालाई सम्मान गरिसेकेको र अन्य प्रदेशका अभिकर्तालाई पनि छिट्टै सम्मान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?