
२८ जेठ, महोत्तरी। महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।
डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ ।
यता, गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको स्थानीयले बताएका छन् ।
घटनास्थलमा दुईवटा गोली भेटिएको छ । गोली प्रहार गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4