+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रधानमन्त्रीको स्वीकारोक्ति : राजदूत फिर्ता बोलाउने निर्णय २ दिन रोक्न सकिन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १९:५४

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुपूर्व राजदूत फिर्ता बोलाउने निर्णय गर्दा ध्यान नपुगेको स्वीकार गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली गएका थिए । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘राजदूत फिर्ता बोलाउने निर्णय यही बेला पर्नु संयोग मात्र हो ।’

राजदूत फिर्ता बोलाउने निर्णय गर्ने क्रममा ध्यान पुग्न नसकेको स्वीकार गर्दै उनले भने, ‘२ दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

यद्यपि भारतका लागि नेपाली राजदूत शंकर शर्मा सक्रिय रूपमा सहभागी भएको र आफूले धन्यवाद दिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?