
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रत्यक्ष प्रसारण हुने गरेको छ । तर, प्रत्येक जसो बैठकको लाइभमा समस्या हुने गरेको छ ।
संसद सचिवालयका अधिकारीहरू प्रावधिक समस्या भएको बताउँछन् । समस्या समाधान नहुँदा लाइभमा प्रत्येकजसो बैठकमा देखिने गरेको हो ।
मंगलबार पनि प्रतिनिधि सभाको बैठकको लाइभ बीच-बीचमा अवरुद्ध भयो । सांसदहरु बोलिरहेका बेला लाइभ बन्द हुन्छ । त्यसपछि फेरि लाइभ सुरु गरिन्छ ।
लाइभमा समस्या आउँदा बोलिरहेका व्यक्तिको भिडियो पछि युटुबमा समेत उपलब्ध हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4