
२९ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।
मंगलबार एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा अध्यक्ष केपी ओली आउने भनेर प्रचार गरिए पनि स्वास्थ्यका कारण उपस्थित हुन नसकेको पार्टी जिल्ला कमिटीले जनाएको छ । अधिवेशनमा ७ सय प्रतिनिधि सहभागी रहेको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताए ।
दुई दिनसम्म चल्ने अधिवेशनले १०५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ । जसमा ५ जनाको पदाधिकारी टोली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4