
२९ जेठ, काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण ‘नागरिक बचतपत्र’ मा माग अनुसार आवेदन नपरेपछि म्याद थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले ३० वैशाखदेखि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासनमा ल्याएको थियो ।
उक्त ऋणपत्रमा ३० जेठसम्म आवेदन दिने म्याद भएपनि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद १४ असारसम्म थप भएको हो ।
५ वर्ष अवधिको उक्त बचतपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4